क्यान्सरजस्ता जटिल रोगको उपचार निःशुल्क गर्न माग

पत्रकार गौतमबुद्ध बज्राचार्य क्यान्सरबाट पीडित भएपछि हाल त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । गत पुसको अन्तिम सातामा क्यान्सर भएको पुष्टि भएपछि सो अस्पतालमा उपचार थालेका हुन् ।

बज्राचार्य खोकी, दम र फोक्सोमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गरेका थिए। गत भदौदेखि खोकीको उपचार सुरु गरेकामा पुसको अन्तिम सातामा मात्र त्रिवि शिक्षण अस्पतालले दायाँ फोक्सोमा क्यान्सर भएको पुष्टि गरेको थियो ।

गत माघ २ देखि किमोको औषधि सुरु गरिएकामा हालसम्म चारपटक किमो दिइसकेको परिवारले जनाएको छ । केही वर्षअघि राष्ट्रिय समाचार समितिबाट सेवा निवृत्त भइका उनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताइएको छ । क्यान्सर जस्तो जटिल एवं आर्थिक व्ययभार बढी हुने रोगबाट पीडितलाई राज्यले निःशुल्क उपचारको प्रबन्ध हुनुपर्ने बज्राचार्य बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार