बिहान उठ्ने बित्तिकै केही समय आफ्नाे लागि यसकारण छुट्याउनुहाेस्

मानिसको बिहानीको समयमा बितेको पलले दिनभरीको उसको शारीरिक र मानसिक अवस्था निर्धारण गर्ने विश्वास गरिन्छ । भनिन्छ, सुन्दर बिहानीले सुन्दर दिनको संकेत गर्छ । हाम्रो जीवनमा अनेक उतारचढाव आउँछन् । तर ती उतारचढावलाइ व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्यौँ भने, जीवन सुन्दर बन्छ ।

बिहान छिट्टै उठ्ने बानी बसाल्नुहोस् । बिहान छिट्टै उठ्ने गर्नाले शरीरमा अल्छीपन आउदैन । बिहान छिट्टै उठेर शारीरिक व्यायम गर्ने गर्नाले शरीर स्फूर्त रहन्छ । बिहान छिट्टै उठ्ने बानीले हामीले सबै कामहरू गर्ने समय मिल्छ र काम गर्न पनि जाँगर चल्दछ ।

खाली पेटमा पानी पिउने गर्नुहोस् । तपाईँ बिहानै उठेर केही पनि नखाइ खाली पेटमा पानी पिउने गर्नुहोस् । यसो गर्नाले विभिन्र रोगहरूबाट छुटकरा पाउन सक्नुहुन्छ ।

बिहानको लागी काम साचेर राख्नु भन्द अघिल्लो दिन गर्न मिल्ने काम छ भने गरेर सुत्नुहोस् । यसो गर्नाले तपाइलाई बिहान उठेर अरू काम गर्न सजिलो हुनेछ । कुनै पनि कामहरू साचेर राख्नु भन्दा गरि हालेको नै राम्रो हुन्छ ।

त्यसैले जति सक्दो गर्न मिल्ने कामहरू गरि हाल्नुपर्दछ । यसो गर्नाले आफैँलाई सहज हुन्छ ।

बिहान उठ्ने बित्तिकै मोवाइल हेर्ने बानी छ भने त्यसो गर्न छोडेर शारीरिक अभ्यास गर्नुहोस् । यासो गर्नाले तपाईँको स्वास्थ्यमा फाइदा पुग्नको साथै तपाईँको दिनको पनि राम्नो सुरूवात हुन्छ ।

मोवाइल हेर्न थाल्नुभयो भने त्यतै भुलेर तपाईँले केही पनि गर्न भ्याउनु हुन्न र भरे सबै काम हतार हतार गर्नुपर्ने हुन्छ । हतारिएर गरेको काम राम्रो पनि हुँदैन र भरे आफैँलाई दिक्क लागेर आउछ ।

बिहानैको प्राकृतिक वातावरणलाइ केहीछिन नियाल्नुहोस् । यसो गर्नाले मनमा आनन्द मिल्नेछ र बिहानीको सुरूवात पनि राम्रो हुन्छ ।

सकारात्मक विचार ल्याउनुहोस् । बिहान उठ्ने बित्तिकै सकारात्मक कुराहरू मात्र सोच्ने गर्नुहोस् । यसो गर्नाले दिनको राम्रो सुरूवात हुन्छ । नकारात्मक कुराहरू सोच्न थाल्नुभयो भने दिमाखमा नराम्रा कुराहरू मात्र घुमिरहन्छन् ।

दिन नै खराब हुन्छ । आफूलाई के के कुरामा खुसी मिल्छ त्यही कुराहरू मात्र सम्झिनुहोस् । जसकारण दिननै खुसीसाथ कटोस् । तपाईँका जिवनका रमाइला क्षणहरूलाई याद गर्नुहोस् ।

बिहान उठ्ने बित्तिकै समाचार पढ्नुहोस्, प्रेसक भनाइहरू पढ्नुहोस् । दिनको सुरूवात राम्रो हुन्छ ।

घरको सरसफाइ गर्नुहोस् । आफूपनि सफा भएर बस्नुहोस् । घर सफा हुँदा आफैँमा आनन्द हुन्छ । आफू पनि सफा हुदा शरीर नै फ्रेस हुन्छ र जे काम गर्न पनि जाँगर चल्छ । जिउनै फुर्तिलो हुन्छ । सरसफाइले मन तथा दिमाग पनि स्वच्छ र ताजा हुन्छ ।

आफ्नो परिवार, साथीसँग नजिक हुनुहोस् । परिवार र साथीभाइहरूसँग माया र आत्मियता बाँड्नहोस् ।

बिहान उठ्ने बित्तिकै दिनभरी आफूले गर्ने कामको तालिका बनाउनुहोस् । सोही तालिका अनुसार आफ्नो काम पुरा गर्नुहोस् । यसो गर्नाले तपाईँको दिन राम्ररी कट्छ ।

तपाईँलाई गर्न अल्छी लाग्ने या गार्हो लाग्ने काम बिहानै गर्नुहोस् । त्यो काम सकिदा तपाईँलाई खुसी लाग्नेछ र अरू काम गर्नको लागी जोश बढ्छ । गर्न मन नलाग्ने काम त गरे अब यति पनि गरी हाल्छु भन्रे लाग्छ र अरू काम गर्न पनि जाँगर चल्छ ।

केही समय अध्यात्मकको लागी पनि छुट्याउनुहोस् । अध्यात्मिक कार्यले तपाइको मनलाइ शान्ति दिन्छ । बिहानै भगवानको नाम जपी दिनको सुरूवात गर्नाले मनमा खुसी छाँउछ ।

बिहात उठ्ने बित्तिकै सन्तुलित भोजन गर्नुहोस् । यसले शरीरमा फाइदा गर्दछ । बिहानै खाली पेटमा चिल्लो खाना खानु भयो भने शरीरमा गढबढी आउछ ।

शरीरका लागी राम्रो गर्ने खाना खानुभयो भने शरीलाई फाइदा मात्र न भइ तपाईँको दिनको पनि राम्रो सुरूवात हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार