जबराविरुद्धको महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासमा आज भएको सुनुवाइपछि उक्त आदेश गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले प्रधानन्यायाधीशमाथि संसदमा पेश भएको महाभियोग प्रस्तावसँग सम्बन्धित सम्पूर्ण कागजातहरू संघीय संसद सचिवालयबाट झिकाउने आदेश गरिएको बताए ।

गत फागुन १ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग : यस्ता छन्, आधार र कारण (पूर्णपाठसहित)

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार