यस्ता बानिले छालामा पुर्याउँछ गम्भिर समस्या

मानिसको जिउने तरिकाले मानसिक स्वास्थ्यका साथै छालामा पनि एक खालको प्रभाव पर्छ । खाने बानीदेखि दिनभरमा मानिसले गर्ने क्रियाकलापले छाला कस्तो देखिन्छ भन्ने कुरा निर्धारण गर्छ । मानिसको खाना, शारीरिक अभ्यासले छालामा गहिरो प्रभाव पार्छ । त्यसैले जीवनशैलीमा सुधार गरेर छाला स्वस्थ राख्न सकिन्छ ।

१. खाने बानी
मानिसले खाने खानाले छालाको बनावट स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यदि खानामा पर्याप्त भिटामिन सीको कमी र चिल्लो र कार्बोहाइड्रेट बढी हुन्छ भने छाला अस्वस्थकर बन्न थाल्छ ।

२. भिटामिनको कमी
खानाको भिटामिनको उचित मात्रामा अभावको मूल्य छालाले चुकाउनुपर्छ । सूर्यको हानिकारक किरणको सम्पर्क र खानामा भिटामिनको कमीले छालाको क्षतिको जोखिम बढाउँछ । भिटामिन र मिनरलले भरिपूर्ण खानाले छालाको रक्षा गर्ने मात्र होइन, चाउरी पर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ ।

३. शारीरिक अभ्यासको कमी
शारीरिक अभ्यासको कमीले छाला निर्जिवजस्तै हुन्छ । यसैले आफ्नो दिनचर्यामा नियमित रुपमा अभ्यासको बानी सामेल गर्नुपर्छ । यसले शरीरको सबैभन्दा ठूलो अंगअर्थात् छालाका लागि फाइदा पुर्याउँछ । अभ्यासले शरीरमा रक्तसन्चारमा वृद्धि हुन्छ जसबाट छालालाई पोषण प्राप्त हुन्छ ।

५.राम्ररी निन्द्रा पुर्याउनु
शरीरलाई समूचित आराम नमिले यसको सिधा असर छालामा पर्छ । यसबाट आँखाको तलकालो घेरा, सुन्निनु र पहेंलो छालाजस्ता लक्षण देखिन्छन् । छालालाई स्वस्थपार्न कम्तीमा पनि ७, ८ घण्टा सुत्नु आवश्यक हुन्छ ।

६. गर्भावस्था
महिलामा गर्भावस्थाको सबैभन्दा बढी प्रभाव नै स्ट्रेच माक्र्स हो, लगभग सबै महिलामा गर्भावस्थाका दौरान शरीरका विभिन्न भागमा स्ट्रेच माक्र्स देखिन्छ । यसका लागि गर्भावस्थाको सुरुदेखि नै मोस्चराइज र अन्यमल्हम लगाउनुपर्छ । गर्भावस्थाका दौरान या गर्भनिरोध कचक्कीको उपभोग गर्ने समयमा पनि कालो रंगको धब्बा पनि देखिन्छ । सनस्क्रीन र सूर्यको हानिकारक किरणको सम्पर्कमा आउनबाट बच्ने हो भने यस्ता धब्बा निस्कनबाट रोक्न सकिन्छ ।

७. बुढ्यौली
एक खालको उमेर बिताइसकेपछि शरीर कोलेजनको उत्पादन कम गर्न थाल्छ, जसबाट छाला लच्कन्छ । जसबाट छालाले कोशिकाहरुको उत्पादन ढिलो गर्छ । उमेर बढ्ने यो प्रक्रियामा मृत छालालाई हटाएर रोक्न सकिन्छ । यसका अलावा छालामा उमेरको असर कम गर्न नियमित रुपमा छालालाई मोस्चराइजर गर्नुपर्छ ।

८. क्याफिनको अधिक खपत
अत्यधिक क्याफिन छालाका लागिहानिकारक हुन्छ । तर एक अध्ययनअनुसार क्याफिनलाई बाह्य छालामा लगाउनाले छालालाई सूर्यको हानिकारक किरणको नोक्सानीबाट बचाउन सकिन्छ र छालाको क्यान्सर लाग्ने खतरा कम हुन्छ ।

९. रक्सी
सामाजिक र तनाव कम गर्न आजकाल रक्सी शहरी जीवनको आवश्यक अंग बन्नग एको छ । रक्सी मूत्रबद्र्धक हुने कारण शरीरलाई डिहाइड्रेट गर्न र सुख्खापनका कारण छालामा असर पर्छ यसका लागि स्वस्थ र चमकदार छालाका लागि रक्सी सेवन नगर्नु नै उपयुक्त हुन्छ ।

१०. धूमपान
धूमपानले फोक्सो मात्र होइन, चाउरी पार्ने र छाला सुख्खाहुने समस्या निम्त्याउँछ । माइक्रोस्कोपले हेर्ने हो भने चुरोट सेवनगर्ने २० वर्षको युवाको अनुहारमा पनि चाउरी परेका हुन्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार