यस्तो बानिले उमेर नपुगी बुढो बनाउँछ

उमेर ढल्कनु वा बृद्ध हुनु प्रकृतिको नियम हो । तर प्राय मानिस बृद्ध हुने बेलासम्म पनि जवान देखिन चाहन्छन् । आफ्नो युवा अवस्थालाई सदैब कायम राख्ने प्राय मानिसको चाहना हुन्छ । तर यो कसरी सम्भव छ त ?

यो तपाईंको आनीबानीमा पनि भर पर्छ । तर तपाईले दैनिक जे गर्नुभएको छ त्यसले तपाईलाई वास्तविक उमेर भन्दा बढी बुढो बनाइरहेको वा देखाइरहेको छ । यस्ता गल्ती त्यागेर आफ्नो उमेरसँगै बाँच्ने प्रयास गर्नुहोस ।

धाराको तातो पानीः
तातो वा न्यानो पानीमा चिसो पानीमा भन्दा बढी मात्रामा लिड हुन्छ । शरिरमा १५ प्रतिशत लिड वा अत्यधिक लिडको एक्सपोजरले स्मरण शक्ति हराउँछ ।

शक्तिबद्र्धक पेय पदार्थः
शक्तिबद्र्धक पेय पदार्थ पिउँदा अन्य पेय पदार्थले भन्दा ८ गुणा बढी दाँतको इनामेल बिगारिदिन्छ । इनामेल मुनि हड्डी भन्दा बलियो डेन्टिन नाम गरेको पत्र हुन्छ । तपाईको दाँतको बनौट डेन्टिनले बनेको हुन्छ । तत्काल शक्ति दिने पेय पदार्थ पिउदा दाँत बिग्रेर जवानीमा नै बुढो देखिनुहुन्छ । दाँतले एकातिर सुन्दर देखाउँछ भने अर्कातिर शरीरलाई आवश्यक कुरा चपाउन मद्धत गर्छ । दाँत बिग्रिएपछि चपाउन नमिल्ने हुनाले कतिपय खाना खान सकिदैन । जसले चाँडै बुढो बताउन सघाउँछ ।

टाइप गर्दाः
तपाईंले ट्याब, कम्पयुटर, फोनमा केही सामाग्री लेख्दा तपाईको शिर अगाडि झुक्दा घाँटी र मांशपेशीमा अत्यधिक पीडा र चोट हुन्छ, यसले तपाईंलाई साबिकको उमेर भन्दा पनि बुढो देखाउँछ ।

भाँडा चाट्नेः
तपाईले चाटेको डाडु पन्यु, गिलास कचौरामा रहेको खानेकुराले शरिरलाई थप ८० प्रतिशत क्यालोरी दिन्छ । दिनहुँ चाट्दा शरिरको कोषहरु बृद्धि हुन्छन् र उनीहरुको आफ्नै रसायन र हर्मन बनाउँछन् जसका कारण रक्त ननी साँघुरा हुन्छन् । बुढो बनाउन यसले सघाउँछ ।

टुक्रा चिप्स खाने आदतः
टुटेको चिप्सले झन्डै ७० प्रतिशत क्यालोरी प्रदान गर्छ । सानो र नियन्त्रण गर्न सक्ने क्यालोरी खान छोड्दा शरिर पातलो हुनुका साथै युवा अवस्थामा नै बुढो हुनबाट जोगाउँछ ।

बाँकी रहेको खाना सिद्धाउने प्रयासः
हो प्राय मानिसले आवश्यकता भन्दा बढी पकाउने बानी हुन्छ । तर उनीहरुले थोरै खाना बाँकी रह्यो भने परिवारका सदस्यले कर गरेर भए पनि सकौ भन्ने सोच आउँछ । यसले तपाईको तौल अनावश्यक रुपमा बृद्धि गरी जवानीमै भुँडे बनाउछ ।

घाँटीलाई स्यहार:
प्राय युवतीहरुले अनुहार भरी मेक अप गर्छन् । तर त्यही अनुहार मुनीको घाँटीलाई बिर्सन्छन् । चम्किलो अनुहार र मेक अप नगरेको घाँटीका कारण उनीहरको शरिर एउटा र टाउको अर्को देखिन्छ । अर्थात् घाँटी बुढो र अनुहार युवा अवस्थाको जस्तो नदेखाउन सन्तुलित मेक अप गर्नुहोस् ।

कपालमा ब्रसको प्रयोगः
प्राय महिलाले नुहाउने वित्तिकै कपाल सुकाउन इलेक्ट्रिक ब्रस प्रयोग गर्छन् । चिसो वा नसुकेको कपालमा ब्रस लगादा कपाल टुत्रिने गर्छ । तसर्थ कपाललाई ब्रस गर्नुअघि राम्रोसँग गम्छा वा सुतीको कपडाले पुछ्नुहोस् ।

अनुहार पखालिरहनुः
प्रायले छाला चम्काउने नाउँमा बारम्बार अनुहार पखाल्छन जुन छालाको लागि हानिकार मानिन्छ । जतिखेर पनि अनुहार धुँदा छाला सुख्खा हुनुको साथै खर्सो र बुढो देखिन्छ । दिनमा एक पटक मात्र मुख धुनुहोस । बरु केही ब्युटि टिपको पालना गर्नुहोस् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार