यस्ता छन् घ्युकुमारीका फाइदा

नेपालका गाउँघरमा एलोभेरालाई घ्युकुमारीका नामले चिन्ने गरिन्छ । हामीले प्रयोग गर्ने विभिन्न सौन्दर्य प्रसाधनका सामग्रीमा एलोभेराको अत्याधिक प्रयोग भएको हुन्छ । आजभोली सौन्दर्य निखार्नका लागि बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टमा एलोभेरा प्रयोग भएको जेल, बडी लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटी क्रिममा पाइन्छ ।

बहुउपयोगी वनस्पतिका रुपमा मानिने एलोभेरा धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्यालाई समाधान गर्न सहयोग गर्छ । एलोभेरालाई आयुर्वेद विज्ञानमा धेरै पहिलेदेखि नै विभिन्न खालका स्वास्थ्य समस्याको निदानका लागि औषधिको रुपमा प्रयोग गरिएको पाइन्छ । यो वनस्पतिका अनेकन गुण छन् ।

१.कब्जियत भएको छ भने घ्युकुमारी पानीमा मिसाएर खाने गर्नुभयो भने दिसा खलास हुन्छ ।
२. अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा आराम हुन्छ ।
३.घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ ।
४.यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ ।
५.घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्टेरोलको समस्या बढ्न पाउँदैन ।
६.शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने घ्युकुमारीको जुस खानाले पूर्ववत अवस्थामा आउँछन् ।
७.उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस लाभदायक हुन्छ ।
८.घ्युकुमारी खानाले क्यान्सरका ट्युमरको विकास र वृद्धिमा विराम लाग्छ ।
९.घ्युकुमारीमा शरीरको रोगप्रतिरोधी क्षमता बढाउने तव हुन्छ ।
१०.घ्युकुमारी खाँदा शरीरमा भिटामिन र खनिजको मात्रा बढ्न पुग्छ ।
११.गिजाका रोग समाधान गर्न समेत घ्युकुमारी लाभदायक हुने भएकाले घ्युकुमारी मिसाइएको टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ ।
१२. पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो हुन्छ । साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन ।
१३.अनुहारलगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने गर्नाले दाग हराउँदै जान्छ ।
१४.आँखावरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।
१५.अनुहार फुस्रो छ भने घ्युकुमारी दल्ने गर्नाले अनुहार चिल्लो हुन्छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार