थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ८ सय पिसिआर परिक्षणका क्रममा ३ जना र ९ सय ४० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २८ जना निको भएका छन् । हाल नेपालमा ५ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार