एनआरएनए फुट्यो, एकै समयमा दुई समूहको चुनाव घोषणा

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन भएको छ । सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था विभाजित बन्न पुगेको हो ।

एनआरएनएका अभियन्ताहरु विशेषगरी चुनावको मुखमा काँग्रेस र एमाले गरी दुई कित्तामा विभाजित भएका थिए ।एमाले निकटका अध्यक्ष कुमार पन्त र उनको समूह तथा अध्यक्षका प्रत्यासी कुल आचार्य बीचको बढ्दो अन्तरद्वन्द्वले करिब २० वर्षे इतिहास बोकेको संस्था विभाजित बनेको हो ।

पन्त समूहबाट नयाँ नेतृत्वका लागि बद्री केसी चुनावी मैदानमा छन् भने उनलाई एमालेको समर्थन रहेको छ । यस्तै आचार्य काँग्रेस निकट हुन् । आचार्यलाई नेपालको सत्ता गठबन्धनमा रहेका दल निकट एनआरएनए अभियन्ताहरुको पनि साथ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार