साथीको हत्या गरि सुटकेसमा राखेर बागलुङ पु-याउन अन्य व्यक्तिको समेत संलग्नताको आशंका

दाजुसहित अन्य आफन्तको समेत हत्यामा संलग्नता हुन सक्ने प्रहरीको आशंका 

बुटवलमा साथीको हत्या गरि शव शुटकेशमा राखेर बागलुङ पु¥याउने घटनामा पक्राउ परेका दुईजनाबाहेकको पनि संलग्नताको आशंकामा प्रहरीले खोजीकार्य तिब्र पारेको छ ।

केहिदिन अघि बाग्लुङ्गको बुर्तिबाङ्गस्थित रिनाम गाउँमा गाडिएको अवस्थामा फेला परेको शव काण्डमा संलग्न भएको आशंकामा अन्य व्यक्तिको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ । वुटवलमा व्यसाय गर्ने  चितवनका ३२ वर्षे युवक नारायण बस्यालको हत्यापछि शव सुटकेसमा राखेर सार्वजनिक यातायातमार्फत बागलुङ पु¥याई गाडिएको घटनामा संलग्न दुई दाजुभाई बागलुङ  रिनामका ३४ वर्षिय मित्रलाल खनाल र ४२ वर्षिय गौरिशंकर खनाल पक्राउ परेका छन । उनिहरुसँगै अन्य व्यक्तिको समेत घटनामा संलग्नताको आशंकासहित खोजीकार्य जारी राखिएको बागलुङ प्रहरी प्रमुख .. हवारीले जानकारी दिएको हुन ।  गएको चैत ४ गतेदेखी बेपत्ता पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्वर ३ केवरेनीका ३२ वर्षिय युवक नारायण बस्यालको  शव प्रहरीले बैशाख १ गते नयाँ वर्षको दिन फेला पारेको थियो ।
बेपत्ता भएको झण्डै २५ दिन सम्म बेपत्ता बस्यालको बारेमा बाग्लुङ्ग र रुपन्देहीको प्रहरीले देशैभर ब्यापक रुपमा खोजी गरेको थियो । यहि क्रममा दुर्गन्ध बढ्दै जाँदा ढोरपाटन नगरपालिका वडा नम्वर २ , साविक वुर्तिबाङ्ग गाविसको रिनाम बन्ने स्थानमा गाडिएको अवस्थामा बस्यालको शव फेला पारिएको र उनको कपडामा रहेको कागजातबाट उनको पहिचान गरिएको ईलाका प्रहरी कार्यालय वुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताए ।
शवसँगै भेटिएका कागजातबाट घटना लेनदेनको विवादमा भएको ठहरसहित अनुसन्धान थालेको  जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले हत्या गर्ने ब्यक्ति बुर्तिबाङ्ग रिनाम कै अन्दाजी अन्दाजी ३४ बर्वाीय मित्रलाल खनालले हत्या गरेको पत्ता लगाएपछि ईलाका प्रहरी कार्यालय बुटवलले बिहिवार बुटवलबाटै निजलाई पक्राउ गरेको थियो । पक्राउ पछि आफूले हत्या नगरेको अर्कै मान्छेले हत्या गरेको तर, शव लुकाउन आफूले उसैदिन राति सुटकेश भित्र राखेर बसको डिक्कीमा वुर्तिबाङ्ग पुराई गाडेको बयान दिएका थिए । सोही बयानका आधारमा खनालका दाजु गौरिशंकर खनालपनि पक्राउ परेका हुन । घटनाको अनुसन्धान गदैं जादाँ उक्त घटनामा अन्य व्यक्तिको समेत संलग्नता देखिएको प्रहरीको भनाई छ ।

प्रहरी भन्छ ः  हत्यामा खनालका अन्य आफन्त पनि संलग्न हुन सक्ने लागेर अनुसन्धान गरिँदै जाँदा निजको दाजु अन्दाजी ४२ वर्षीय गौरीशंकर खनाल बस्यालको हत्यामा मुख्य ब्यक्ति भएको पाइयो र खोज तलास सुरु गरेका थियौं । उनलाई शुक्रबार बुटवल माथीको नुवाकोट भन्ने जंगलमा फेला पारेर सोहीदिन बाग्लुङ्ग पठाइएको छ । दाजु गौरीशंकर भारतमा बस्ने आवत–जावत गर्ने गरेको बताइएको छ । डिएसपी राठौरका अनुसार यी दुई बीच डेढ वर्ष अघिदेखि चिनजान भएको थियो । परिवारजनका अनुसार खनालले बुटवल ट्राफिकचोकमा सियो जब डटकम भन्ने अनलाईन सेवा सञ्चालन गर्दै आई रहेका थिए । डिएसपी राठौर थप्छन–‘बुटवल मै रहेका हत्या अभियोगी खनाललले बस्यालँंग सामुहिक ब्यवसाय गर्न भनि करिव १३ लाख रुपैयाँ लिएको पाइएको छ र त्यही रकम लिन भनि बुटवल कोठामा बोलाएको र कोठा मै हत्या गरि बुर्तिबाङ्ग शव पुराएको निजले स्वीकार गरेको छ । ’

मृतक बस्यालका सहोदर दाजु भागिरथ बस्याल भन्छन्–‘हत्यामा संलग्नले भाई संग पटक पटक गरि ११ लाख रुपैयाँ लगेको प्रमाण नै फेला परेको छ । त्यही रकम लिन भनि अघिल्लो दिन फोनमा बोलाएको र अर्को दिन पैसा लिन जाउँ भनि आफैले कोठामा लगेर गएको र कोठा मै हत्या गरि शव बुर्तिबाङ्गतिर लगेको प्रहरीले बताएको छ । ’ उनका अनुसार मृतक बस्याल करिब २ वर्ष यता बुटवलमा बसेर ब्यवसाय सञ्चालन गर्दै आएका थिए । त्यस अघि स्टुडेन्ट भिसामा ७ वर्षसम्म जापन बसेर फर्किएका थिए । विवाहित उनले श्रीमती पनि बुटवलको आदर्शनगरमा डेरा गरि राखेका थिए । हत्यामा संलग्न दाजु गौरीशंकर भारतको पेशेवर हत्याराहरुसँग पनि संलन्न रहेको हुन सक्ने र परिवारका अन्य सदस्य पनि हत्यामा संलग्न हुन सक्ने तर्फ प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार