‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को ४६ विधामा मनोनयन सार्वजनिक

कोरोनाको कारण अघिल्लो वर्ष स्थागित भएको ‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को तयारी पुरा भएको छ । सो अवार्ड आगामी ८ बैशाखमा काठमाडौंको रशियन कल्चर सेन्टरमा आयोजना गरिने भएको छ ।

सो अवार्डका लागि सन २०१९ जनवरी देखि सन २०२१ फेब्रअरीसम्म रिलिज भएका गीतहरुलाई यो अवार्डमा समावेश गरिएको छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो अवार्ड राष्ट्रिय, अधुनिक, पप, लोकपप, भाषाभाषी, लोकदोहोरी, पर्व, भेग विशेष लगायतका विधामा प्रदान गरिने भएको छ । यो अवार्ड उत्कृष्ट गीत, गीतकार, गायक, गायिका, संगीतकार, भिडियो निर्देशक, छायाँकार, सम्पादक, कोरियोग्राफर, कस्ट्युम डिजाईनरलगायत विविध विधामा अवार्ड प्रदान गरिने भएको छ ।

नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ मा सँगीततर्फ विभिन्न ४६ विधामा अवार्ड प्रदान गरिने भएको छ । यस्तै फेशन, मोडल, इभेन्ट, फेसन डिजाईनर, ब्युटिसिन लगायतका विविध विधामा फरक अवार्ड रहेको कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले जानकारी गराएका छन् । अवार्डको मनोनयनमा परेकाहरुलाई ३० चैत सोमबार बिहान ११ः३० बजे काठमाडौंको नयाँ बानेश्वर स्थित होटल रानी महलमा मनोनयन प्रमाणपत्र प्रदान गरिने पनि कार्यक्रम निर्देशक पोखरेलले जानकारी गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार