के तपाई मोटाउन चाहानुहुन्छ ? यस्तो छ प्राकृतिक उपाय

हामी कुरा गर्छौ, कसरी मोटोपन नियन्त्रण गर्ने ? कसरी तौल घटाउने ?

तर, सबैको चिन्ता मोटोपन घटाउने मात्र छैन । कतिपयलाई तौल बढाउनुपर्ने अवस्था पनि छ । वाध्यता पनि । भनिन्छ, तौल घटाउन जति गाह्रो छ, उत्ति नै सजिलो त, तौल बढाउन । तर, भुक्तभोगीहरु यसमा सहमत छैनन् । उनीहरु भनिरहेका हुन्छन्, ‘यसो गर्दा पनि तौल बढेन ।’

हाम्रो उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ । जस्तो कि पाँच फिट पाँच इन्च अग्ला व्यक्तिको तौल ६० केजीसम्म सहि मानिन्छ । त्यो भन्दा अधिक कम वा धेरै तौल हुनु स्वभाविक होइन । अस्वभाविक तौल रोगको घर हो ।

तौल किन बढाउने त ?

स्वस्थ्य शरीरको मापदण्ड पुरा गर्न । त्यसबाहेक सुहाउँदिलो ज्यान देखाउन । उचाई अनुरुप मोटाइ भएन भने ज्यान खिरिलो देख्छ । लुगा लगाउँदा पनि ह्याङगरमा टाँगिएको जस्तो देखिन्छ । त्यसैले खिरिलो ज्यान भएकाहरु स्वभाविक रुपमा मोटाउन चाहन्छन् । तर, कसरी ?

कसरी बढाउने तौल ?

शरीरको तौल बढाउनका लागि खानपानमा सन्तुलन मिलाउनुपर्छ । मकैको रोटी तौल बढाउन निकै उपयोगी हुने बताइन्छ । मकैको रोटी यस्तो प्रभावकारी खाना हो, जसले सजिलै पातलो व्यक्तिको मोटाइ बढाउँछ ।

केरा र दुध

केरा र दुध पनि तौल बढाउन उपयोगी हुन्छ । केरामा यस्तो पोषक तत्व हुन्छ, जसले पातलो शरीर मोटाउने क्षमता राख्छ । साथै केरा स्वास्थ्यका लागि लाभदायक पनि छ ।

अब कुरा गरौं दुधको । दुध क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी बलियो बनाउँछ । केरा र दुधलाई एकसाथ सेवन गर्दा मोटोपन बढाउन सहयोग गर्छ । खासगरी ब्रेकफास्टमा केरा र दुधको कम्बिनेसन ठिक हुन्छ । तर, याद राख्नुपर्ने कुरा चाहि, दुध शुद्ध हुनुपर्छ । केरा पनि प्राकृतिक रुपमै पाकेको हुनुपर्छ ।

घिउ र सख्खर

घिउ र सख्खर हरेकजसो घरमा सजिलै प्राप्त हुन्छ । यस दुबैको मिश्रणले पोषक तत्व पैदा हुन्छ, जो शारीरिक स्वस्थ्यका लागि एकदमै लाभदायक हुन्छ । त्यसैले दैनिक शख्खर र घिउ मिलाएर सेवन गर्नुपर्छ, दुब्लोपन कम हुन्छ ।

हरियो मटर

हरियो मटरको सेवन पनि लाभदायक हुन्छ । यसले रगत र मांशपेशी बनाउन सहयोग गर्छ । नतिजा, दुब्लोपन हट्छ ।

दुध र मह

नियमित रुपमा दुध र महको मिश्रण बनाएर पिउनुपर्छ, तौल बढ्छ ।

वर्कआउट

खानपानले मात्र सबै कुरा पर्याप्त हुँदैन । त्यसका लागि नियमित वर्कआउट पनि चाहिन्छ । बिहान चाडै उठेर घुम्न निस्कनुपर्छ । यसले शरीर बलियो हुन्छ । शारीरिक कमजोरी हटाउने यो प्राकृतिक उपाय हो ।

तनावमुक्त रहने

राम्रो स्वास्थ्यका लागि तनावमुक्त रहनुपर्छ । मनमा तनाव लिइरहँदा पनि शरीर दुब्लो हुन्छ ।

खाना खाइसकेपछि

दैनिक बिहान र बेलुकी खाना खाइसकेपछि तीस मिनेटका लागि विश्राम गरौ । यसले पनि शरीरको तौल बढ्छ ।

दैनिक स्याउको सेवन

दैनिक दुई वटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । भोग जागेपछि हामी खाना खान्छौ, जसले तौल बढाउँछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार