‘मदन पुरस्कार–२०७७’को श्रेष्ठ सूचीमा ९ पुस्तक छानिए

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७७’ का लागि ९ पुस्तकहरु छनोट गरेको छ । गुठीलाई प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा पुस्तकलाई श्रेष्ठ सूचीमा समेटिएको हो ।

गुठीले शुक्रबार सार्वजनिक गरेको सूचीमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् । अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको आधार बनाइएको गुठीले जनाएको छ । यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार दिइने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार