प्रधानमन्त्री ओली थ्री नेसन्स कपको फाइनल हेर्न रंगशाला जाने

प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् । आज अपरान्ह ५.३० बजे हुने फाइनल खेलमा नेपाल र बंगालदेश भिड्दैछन् ।

सोमबार बेलुका नेपाल र बंगलादेशबीच फाइनल प्रतियोगिता हेर्न प्रधानमन्त्री ओली रंगशाला आउने अखिल नेपाल फुटबल महासंघ (एन्फा) का प्रवक्ता किरण राईले बताए । ‘प्रधानमन्त्रीज्यू सवा ५ बजे रंगशाला आइपुग्ने कार्यक्रम छ । उहाँले फाइनल खेल हेरेपछि पुरस्कार वितरण गर्नुहुनेछ,’ प्रवक्ता राईले भने ।

नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन् । नेपाल समूह चरणमा भएका दुवै खेलमा गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको हो ।

बंगलादेशले भने किर्गिस्तानको यु-२३ टिममाथि १-० को जित निकालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार