अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपालीको मृत्यु

अस्ट्रेलियाको सिड्नीको समुद्रमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ ।

उनीहरूको नाम सार्वजनिक भएको छैन । तर, २२ र २५ उमेरका दुई नेपालीहरूको दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार पौने तीन बजे दिउँसो ज्यान गएको सेभेन न्यूजले जानकारी दिएको छ ।

उच्च जोखिम क्षेत्रमा लाइफ ज्याकेट नलाईकन माछा मार्ने क्रममा उनीहरूको ज्यान गएको बताइएको छ ।

धेरै एजेन्सीहरू, समुद्री उद्धार, लाइफगार्डहरू, पुलिस र प्यारामेडिकहरूले पानीबाट निकाल्न मद्दत गरे पनि उनीहरुको मृत्यु भइसकेको सेभेन न्यूजले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार