प्रतिनिधि सभाको बैठक स्थगित, मंगलबार १ बजे बजेट प्रस्तुत हुने

सरकारले जेठ १५ गते (मंगलबार) आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसदमा पेस गर्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराएका हुन् ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै संसद् भवनमा उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल भएर बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएपछि बैठक जेठ १५ गते दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार