आज मिति २०८१ साल जेठ ७ गते ,सोमबार, यस्तो छ तपाईको राशिफल

२०८१ जेठ ७ गते, सोमबार २० मे २०२४। बैशाख शुक्लपक्ष द्वादशी तिथि १५ः३५ बजेपछि त्रयोदशी। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, १६ः३४ बजेपछि तुला।

मेष : अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ।

वृष : सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। 

मिथुन : हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। 

कर्कट : आम्दानीका स्रोत धेरै भए पनि निर्णय क्षमतामा देखिएको कमजोरीले सोचेजस्तो फाइदा नहुनसक्छ। तपाईंलाई अगाडि बढाएर बाटोमा अलपत्र पार्ने साथी सक्रिय भएकाले संगत गर्दा विवेक पुर्याउनु राम्रो हुनेछ। आफन्तबाट धोका हुने जोखिम छ। ठुला उद्योग धन्दामा लगानी नगर्नु राम्रो हुनेछ।

सिंह : योजना गोप्य ढंगले अगाडि बढाउनु राम्रो हुनेछ। परिवारको सुझाव लिएर सुरुवात गरेको कामले फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुनेछ।

कन्या : दिन रमाइलो छ। भौतिक सुख प्राप्त हुनेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। प्रतिस्पर्धी कमजोर बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथले व्यापार बढ्नेछ।

तुला : आज अधुरा काम पूरा हुने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा सुधारका संकेत देखिनेछन्। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ।

वृश्चिक : आफ्नो महत्त्व बुझ्न नसक्दा समस्या बढ्ने देखिन्छ। लगानीका क्षेत्रमा अगाडि बढ्नु भन्दा भएको सम्पत्ति जोगाउन सक्रिय हुनुपर्नेछ। साथीले नै आक्रमण गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारको साथ प्राप्त हुनेछ।

धनु : दैनिकी रमाइलो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुने दिन छ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ प्राप्त हुनेछ।

मकर :सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। 

कुम्भ : चन्द्रमा भाग्यको स्थानमा पुगेकाले पूर्व योजना सफल हुनेछन्। चुनौती आए सामना गरेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। कुनै पनि योजना परिवारबाट नलुकाउनु राम्रो हुनेछ।

मीन : साढेसाती शनिको सुरुवात भएको छ। यसबाट जोगिन थोरै भए पनि दान गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध उत्साहपूर्ण बन्नेछ भने प्रेम सम्बन्ध सुमधुर हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार