सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या

सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ ।

सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित शाखामा कार्यरत फत्तेपुर २ का ५५ वर्षीय परशुराम फुँयालको खुकुरी प्रहारबाट हत्या भएको हो ।

राति ड्युटीमा बसेका फुँयालको बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।

घटनाबारे थाहा पाएपछि अहिले अनुसन्धानका लागि त्यहाँ पुगेको न्यौपानेले बताए । हत्या कसले र किन ग¥यो भन्ने खुलिसकेको छैन । थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार