इलाम २ मा कांग्रेसका डम्बरलाई रोक्दै एमालेका सुहाङले लिए अग्रता

इलाम २ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ बाट नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

१, २ र ३ नम्बरमा कांग्रेसका डम्बरले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन् । वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेले २ हजार ५४२ मत पाएको छ भने कांग्रेसले २ हजार १९७ मत पाएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

वडा नम्बर ४ को गणना सकिदा सुहाङले तीन वटा वडाको २८ मत तिरेर ३४५ ले अग्रता लिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार