बझाङमा एमाले र माओवादीबीच प्रतिस्पर्धा, कांग्रेस तेस्रोमा

बझाङ १ (१) मा शनिबार भएको प्रदेशसभा उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ ।

अहिलेसम्म एमाले पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको कांग्रेस तेस्रोमा झरेको छ । माओवादी दोस्रोमा उक्लिएको हो । ६ वटा वडाको मतगणना सकिँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारी १ हजार ५९२ पाएका छन् । माओवादी उम्मेदवार जनक बुढाले १ हजार मत ल्याएका छन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७७ र राप्रपाका किशोर खड्काले २० मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार