दाङको राजपुुरमा आगलागी, ३४ घरगोठ जले

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् ।

आगलागीले १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का अध्यक्ष पुष्कर वलीले जानकारी दिए । हाडबास गाउँमा २५ वटा घर थिए ।

आगलागी भएका सबै घर खरले छाएका थिए । जस्ताले बनाएको एउटा घर भने जोखिएको छ ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको थियो । वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले क्षति भएको वडाध्यक्ष वलीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार