काठमाडौं महानगरले चौधरी ग्रुपलाई तिरायो दुई लाख जरिवाना

काठमाडौं महानगरले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

‘चौधरी ग्रुपलाई बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिम कसुर देखिएकोले ऐनको दफा ३० को उपदफा ‘१’ को खण्ड ‘ख’ बमोजिम २ लाख जरिवाना गरिएको छ,’ महानगरले भनेको छ ।

गत वैशाख २ गते काठमाडौं महानगर-६ स्थित विभिन्न पसलहरूको उजुरीको आधारमा काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले अनुगमन गरेको थियो । स्थलगत निरीक्षण गर्दा चौधरी ग्रुपले उत्पादन गरेको वाई वाई तयारी चाउचाउमा निम्न गुणस्तरको पाल्म तेल प्रयोग गरिएको भेटिएको थियो ।

त्यसदिन भेटिएको अन्दाजी १५/१६ कार्टुन त्यही दिन डिलरको प्रतिनिधिको रोहबरमा नष्ट गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार