लगानी सहजीकरणसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको निर्णय

सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । विपद्‌बाट क्षति भएका तथा निजी आवास प्रवलीकरण पुनर्स्थापना तथा पुर्नर्निमाण गर्न तीन तहको सह–लगानी हुन सक्ने गरी विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय पनि भएको छ ।

कतारका राजा अमिरले भोलिदेखि गर्ने राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको शर्माले जानकारी दिइन् । त्यस्तै, बैठकले अर्थसचिवमा मधुकुमार मरासैनीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार