आजपाले इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने

आम जनता पार्टी (आजपा) ले इलाम–२ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा डेकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ ।

पार्टीका प्रवक्ता चन्द्र भूषण साहले सोमबार एक विज्ञप्ति जारी गर्दै पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार लिम्बुले आजपालाई सहयोग र समर्थनको आग्रह गर्दै आजपालाई पत्राचार गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपनिर्वाचनमा आफ्नो पार्टीले पूर्ण साथ, सहयोग र समर्थन रहेको जानकारी गराएका छन् ।

सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको उपनिर्वाचन परिणामले संसदीय अंकगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरुको बहस र संघर्षमा विशेष प्रभाव राख्ने निश्चित छ । यसर्थ, यस विषयलाई गम्भीरतापूर्वक लिन आम मतदाताहरुलाई आग्रह गर्दछौं । अहिले इलाम–२ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो ढोंगरनाटक गरेपनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादी बिचको लडाई छ ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘अहिलेको लुटकारी दलतन्त्र (दलीय शासन) र दलभित्रका केहि मुठ्ठीभर भ्रष्ट, बेईमान एवं धोखेबाज नेताहरुको अपराधले गर्दा नै देश अहिले संकटग्रस्त अवस्थाबाट गुज्रीरहेको सन्दर्भमा यसबाट ठोस एवं दीर्घकालिक निकासका लागि आम नागरिकको सर्वोच्चता ९जनताको शासन० स्थापित गर्न गराउन महत्वपूर्ण भूमिका एवं योगदान गर्नसक्ने कुशल, कर्तव्यनिष्ठ, ईमानदार एवं प्रतिबद्ध नेतृत्वको छनौट जरूरी छ । यसका लागि देशमा असहाय, अबला, आवाज विहीनहरु को बुलन्द आवाज बन्नी सामाजिक न्याय, सुशासन, बदलाव, विकास र समृद्धि सहित अधिकार एवं पहिचानका मुद्दाहरुलाई संस्थागत गराई देशलाई अग्रगमनको पथमा निरन्तर अगाडि बढाउने सबालमा हामी बिच भविष्यमा पनि थप मजबूत सहकार्यहरु हुने विश्वास सहित आम जनताका साझा मनमुटुका लोकप्रिय उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई आसन्न चुनावमा सफलताको शुभकामना सहित हाम्रो तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहेको विषय सहर्ष जानकारी गराउन चाहन्छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार