एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार) देखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ ।

गोदावरीस्थित सनराइज सभाहलमा २ दिन चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ । एमालेले चितवन महाधिवेशपछि पहिलोपटक परिषद् बैठक गर्न लागेको हो ।

मिसन ग्रासरुट, झुलाघाट(चिवाभञ्याङ संकल्पयात्राजस्ता ठूला र देशव्यापी अभियान सम्पन्न गरिसकेपछि एमालेले महाधिवेशनपछिको सबैभन्दा ठूलो भेला गर्न लागेको हो ।

शनिबार बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले परिषद्को उद्घटन गर्ने कार्यक्रम छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजना गरी नेताहरुले बैठकको सबै तयारी पूरा भएको जानकार दिएका थिए ।

परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसैगरी, एमालेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट पनि प्रतिवेदन प्रस्तुत हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार