बाबुराम छाडेर प्रचण्ड रोजेका विश्वदीप बने प्रधानमन्त्रीको युवा तथा सामाजिक विकास विज्ञ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ढले विश्वदीप पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीले पाण्डेलाई सो पदमा नियुक्त गरेको प्रधानमन्त्री निकट एक नेताले जानकारी दिए ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका पाण्डे गत सोमबार मात्रै माओवादी केन्द्रमा फर्किएका थिए ।

उनी भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार