जडीबुटी प्रशोधन उद्योगमा आगलागी, सात घण्टा पछि नियन्त्रणमा

बाँकेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा विद्युत सर्ट भई लागेको आगो झण्डै सात घन्टा पछि नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान जानकी गाउँपालिका–६ पिप्रहवास्थित राजेश जैनले संचालन गरेको बाहुबली हर्बल प्रालिमा ७ बजेदेखि सुरू भएको आगलागी दिउँसो २ बजेपछि नियन्त्रणमा आएको हो ।

बाँके र बर्दियाका गरी ९ वटा दमकल, नेपाल प्रहरीको वाटर क्याननको समेत प्रयोग गरिएको थियो । त्यस्तै भारतको बहराईचबाट पनि एउटा दमकल आगो निभाउन आएको थियो ।

उद्योगमा रहेको जडीबुटी, बोरालगायत सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ तर क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार