धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’ मा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस भएको छ। फागुन १६ गते अध्यक्षका लागि दरखास्त आह्वान गरिएको थियो अध्यक्षका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम सिफारिस भएको हो।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला सदस्य थिए।

अध्यक्षका लागि सर्ट लिस्टमा परेकामध्ये चापागाईँ नियामक निकाय बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन्। उनी प्राधिकरण बीमा समिति हुँदा अध्यक्ष थिए।

मुक्ति र नवराज बोर्डका कार्यकारी निर्देशक हुन्। कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत हुन्।

रमेश हमाल अवकाश भएपछि अध्यक्ष पद रिक्त थियो। समितिले आवेदन माग गरेपछि १९ जनाले निवेदन दिएका थिए। त्यसमध्ये ५ जना सिफारिसमा परेका हुन्।

पाँच जनाबाट कार्य योजना प्रस्तुति गराइने छ। त्यसका आधारमा तीन जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाइने छ। मन्त्रिपरिषद्ले त्यसमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ। अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार