बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो ।

पेट्रोलबाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ। काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ।

भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ। निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार