आज मिति २०८० साल चैत १७ गते, शनिबार, यस्तो छ तपाईको राशिफल

२०८० चैत १७ गते | शनिबार ३० मार्च २०२४। चैत्र कृष्णपक्ष पञ्चमी तिथि, १७ः५० बजेपछि षष्ठी। अनुराधा नक्षत्र, १९ः०४ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक।

मेष : यात्रामा जोखिम देखिन्छ। खानपानमा ध्यान दिनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ।

वृष : नयाँ कामको सुरुवात हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। साथीसँगको भेट रमाइलो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफ्नो विज्ञता देखाउने दिन छ। राम्रो समाचार वा सन्देश सुन्ने योग छ। वैदेशिक क्षेत्रको लगानीमा भने फाइदा हुनेछ। गुरुको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : भाग्यको उदय हुने दिन छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। साथीको सहयोग मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारमा सुख, शान्ति, साथ र सहयोग रहनेछ।

सिंह : कारोबार गर्दा ध्यान दिनु राम्रो हुन्छ। आर्थिक क्षेत्रमा झुक्याउने धेरै देखिन्छन्। मन चञ्चल हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

कन्या : आर्थिक लाभ हुने योग छ। सोचेको काम बन्नेछ। योजना सफल हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : धार्मिक क्षेत्रमा मन जानेछ। अपेक्षा नगरेको क्षेत्रबाट साथ र सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ। यात्रामा सचेत हुनु राम्रो हुन्छ। समाजसेवाको अवसर जुट्ने देखिन्छ।

वृश्चिक : सोचेको काम विस्तारै बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको मेहनतको फल प्राप्त होला। आफन्तको साथ र सहयोग प्राप्त होला। कामका लागि मेहनत गर्न भने छोड्नु हुनेछैन।

धनु : मन कमजोर हुनेछ। चिन्ताले भन्दा समस्याको समाधान आफै हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

मकर : श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। न्याय प्राप्त हुने दिन छ। साथीबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शुभकार्यको सुरुवात हुनेछ। बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ। समय नबुझ्दा रोगले सताउने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। वैदेशिक लगानीमा ठगबाट सचेत बन्नुपर्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आर्थिक लाभ र सामाजिक सम्मान हुनेछ। नयाँ सवारीको खरिद हुने योग छ। वैदेशिक लगानीमा फाइदा हुनेछ। समय राम्रो काममा खर्च हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार