कुवेतमा कारको ठक्करबाट तीनजना नेपालीको मृत्यु

कुवेतमा कारको ठक्करबाट तीनजना नेपालीको मृत्यु भएको छ। गत मंगलबार कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा तीनजना नेपालीको दुर्घटनास्थलमै निधन भएको हो ।

दुर्घटनामा लयती पञ्चदेवल विनायक–५, अछामका सुरतबहादुर कठायत, नागार्जुन–२, काठमाडौँका सुजन कार्की र वेंगाडावर–३, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो । तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे ।

कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार