सिपबिल्डिङका परीक्षार्थीलाई भाषा परीक्षाको आवेदन आह्वान

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत पानीजहाज निर्माण (सिपबिल्डिङ) क्षेत्रमा आवेदन दिएका परीक्षार्थीले पनि उत्पादन क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरेर पानीजहाज निर्माण क्षेत्रको परीक्षामा सहभागीहरूलाई पुस १६ देखि १८ गतेसम्म आवेदन दिन भनेको हो ।

पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएका १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रको पनि परीक्षा दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले ‘निवेदकको माग बमोजिम गर्न’ आदेश दिएपछि विभागले आवेदन खुलाएको हो ।

विभागका अनुसार पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरूले मात्र उत्पादन क्षेत्रको भाषा परीक्षामा दिन पाउने छन् । उनीहरूबाहेक अरूले आवेदन दिए स्वतस् रद्द हुने विभागले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार