आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । आज (शनिबार) सूचना प्रकाशित गर्दै रिक्त पदमा दरखास्त आह्वान गरेको हो । दरखास्तका लागि निगमले २१ दिनको समय सीमा तोकेको छ ।

निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मंसिर २६ गते राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै अहिले निगमको कार्यकारी निर्देशक पद रिक्त छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार