सुदूरपश्चिम विश्वविद्यालयमा रोजगारी खुल्यो

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ । पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार