झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज २.६० अंकले बढेको बजार १९८८.०४ विन्दुमा पुगेको छ।

२९२ धितोपत्रको एक करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँमा किनबेच भएको छ । 

आज कारोबारमा आएका मध्ये १३४ कम्पनीको सेयरमूल्य बढेको छ भने १०० कम्पनीको घटेको छ। ७ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।

बुधबार बोटलर्स नेपालको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको ५.६९ प्रतिशले घटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार