बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

नेपाल विद्युत प्राधिकरणको तार चुँडेर करेन्ट लाग्दा शनिबार दिउँसो रौतहटमा एक जनाको मृत्यु भएको छ । माधवनारायण नगरपालिका –७ लौकहामा ११ हजार भोल्टको बिजुलीको तार खस्दा स्थानीय ५५ वर्षीय बैजुलाल पण्डितसँगै गोरु पनि मरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११स्४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि तार चुडेर खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार