कोसी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु 

देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको विभागले बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार