रसुवा नाकाबाट आएको दुई किलो सुनसहित नागढुंगाबाट तीनजना पक्राउ

प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार