चार दिनअघि बेलायत पुगेकी नेपाली युवतीको मृत्यु

बेलायतमा एक नेपाली युवतीको मृत्यु भएको छ । चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी ३१ वर्षीया कमला गुरुङको आइतबार मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

उनको निधनबारे परिवारलाई खबर गरिसकेको पनि उनले उल्लेख गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार