हेर्नुहोस तपाईको आजको राशिफल

२०८० मंसिर १३ गते, बुधवार, २९ नाेभेम्बर २०२३। मार्ग कृष्ण द्वितीया तिथि, १३ः५५ बजेपछि तृतीया। मृगशिरा नक्षत्र, १४ः४८ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन।

मेष : दिन राम्रो छ ।ज्ञानको प्रयोग गर्न सके आजको दिनलाई विशेष बनाउन सकिन्छ । भोजमा सहभागी हुने अवसर प्राप्त हुनेछ । साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ।

वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन : टाढाका प्रिजयनसँग रमाइलो भेट हुनेछ । आँटेका काम बन्नेछन् । रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। 

कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह : परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर : अधुरा काम बन्नेछन्। यात्राको अवसर मिल्नेछ । परिवारसँग रमाउने मौका छ । प्रेममा सकारात्मक सन्देश प्राप्त हुने देखिन्छ । आयआर्जन बढ्नेछ।

कुम्भ : बोलीमा मिठास आउनेछ। आज प्रेममा सफलता पाइनेछ । सोचेका काम बन्नेछन् ।

मीन : उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार