भूकम्पपीडितलाई सहयोग गर्न सरकारले खडा गरेको कोषमा उठ्यो १५ करोड बढी रकम

गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले खडा गरेको कोषमा हालसम्म १५ करोड बढी रकम संकलन भएको छ ।

संघीय सरकारले प्रधानमन्त्री दैवी कोष स्थापना गरी सहयोग संकलन सुरु गरेको थियो । उक्त कोषमा ५८ व्यक्ति तथा संस्थाले १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार ३०५.५ रुपैयाँ सहयोग गरेका छन् ।

भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो ।

तर, सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार