एक साताअघि १२१ जना हटाएको वीर अस्पतालले नर्ससहित ६३ कर्मचारी थप्ने

एक साताअघि १२१ जना करारका कर्मचारी हटाइएको वीर अस्पतालमा ६३ जना कर्मचारी थपिने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा आइतबार बसेको सिनेट बैठकले विभिन्न विभागका कर्मचारी थप्नका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन चार, प्लम्बर छ जना, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ ।

न्याम्समा तीन जना सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको जनाइएको छ ।

बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच, एनेस्थेसिया सहायक पाँच, ल्याब टेक्निसियन ९पाँचौँ तह० पाँच जनाको दरबन्दी स्वीकृत गरेको प्रतिष्ठानले जनाएको छ ।

यसअघि कोभिडकालमा करारमा राखिएका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयमा असोज २१ गतेदेखि हटाइएको थियो ।

हटाइएका १२१ जना कर्मचारीको तलबबापत मासिक ९५ लाख रुपैयाँ सरकारले नै भुक्तानी गर्दै आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार