एमआरएनए कोभिड खोप बनाउने वैज्ञानिकलाई नोबेल पुरस्कार

यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिडको एमआरएनए खोप बनाउने वैज्ञानिक जोडीलाई प्रदान गरिएको छ । डा. क्याटलन कारिको र डा. ड्रियु विसम्यानलाई पुरस्कार प्रदान गरिएको हो ।

महामारी सुरु हुनुअघि नै यो यो प्रविधि परीक्षण हुँदै थियो । तर, त्यसपछि सो प्रविधिअनुसार बनेका खोप करोडौँ मानिसलाई लगाइएको छ । क्यान्सरलगायत अन्य रोगविरुद्ध पनि सोही प्रविधिबाट खोप बनाउने प्रयास भइरहेको छ ।

‘आधुनिक युगमा मानव स्वास्थ्यमाथिको सबैभन्दा ठूलोमध्येको एक खतराको समयमा विजेताहरुले खोप विकासमा अभूतपूर्व योगदान दिएका छन्,’ नोबेल कमिटीले भनेको छ ।

परम्परागत खोप प्रविधि मृत वा कमजोर पारिएको भाइरस वा ब्याक्टेरियामा आधारित हुन्थे । तर, एमआरएनए खोप एकदम अलग प्रविधिको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार