तमादी खोला बाढीमा बेपत्तामध्ये एक यात्रुको शव भेटियो, दुई अझै बेपत्ता

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ । जीपसँगै एक यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भइसकेको छैन ।

कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो । जिपमा सवार मध्ये रुपन्देही घर भएका गोपाल बस्याल र कास्की घर भएका विजय पौडेलको पहिचान भएको छ । थप एक जनाको पहिचान हुन बाँकी रहेको छ ।

जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता यात्रुको खोजी जारी छ ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजना बेपत्ता भएका थिए ।

खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीप बगेको हो । जीपका चालक वसन्त थापा ढुंगा पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् ।

घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन् । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी गएको थियो ।

पर्वतमा तमादी खोलाले बगाएको जिप भेटियो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार