पर्वतमा तमादी खोलाले बगाएको जिप भेटियो

पर्वतमा तमादी खोलाले बगाएको जिप भेटिएको छ । शनिबार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग१ज ६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादी खोलामा आएको बाढीले बगाएको थियो ।

जिपमा सवार चार जनामध्ये चालकले गाडी रोकेर ओत लगाउने बेला एक्कासी आएको बाढी बगाएको र बाँकी तीन जना यात्रु जिपसँगै बगेका थिए । जिप मोदी खोला भन्दा केहि माथि जम्बुर भन्ने ठाउँमा भेटिए पनि बेपत्ता यात्रुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिएका छन् ।

बागलुङबाट पोखरा जाँदै गरेको जिप खोलाले बगायो, तीन जना बेपत्ता

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार