नेपालगञ्ज उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्कियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि गन्तव्यमा नपुगी काठमाडौं फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसा बिहान ८ बजेट ३८ मिनेट जाँदा नेपालगञ्जका लागि उडान गरेको ९ एन एनएस कलसाइनको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।

तर प्राविधिक समस्या आएपछि उक्त जहाजलाई बुटवलमाथिको आकाशबाट फर्काएर पुनः काठमाडौंमै अवतरण गराइएको नागरिक उड्ययन प्राधिकरण विमानस्थल कार्यालयले जनाएको छ । जहाज काठमाडौं विमानस्थलमा ९ बजेर ५ मिनेटमा अवतरण भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार