तीन वर्षपछि सुरू भयो नाडा अटो शो, अर्थमन्त्रीले गरे उद्घाटन

नाडा अटो शोको १५औं संस्करण सुरु भएको छ। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शो अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्‍घाटन गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाले ३ वर्षपछि शो सुरू भएको बताए । गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाउँदा नाडा इभी एक्स्पो मात्रै गरिएको उनले बताए । थापाले आयातमा आधारित अटो व्यवसाय उत्पादनमा आधारित भइरहेको बताए । उनले दुईपांग्रेसँगै चारपांग्रे, इन्जिन आयल, ब्याट्री र पार्टस् उत्पादन भइरहेको पनि उद्घाटन सत्रको सम्बोधनका क्रममा भने ।

नाडा अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल हो । सह(प्रायोजकमा शिखर इन्स्योरेन्स छ । अटो शोलाई कोभिड पछिकै सबैभन्दा धेरै आर्थिक गतिविधि हुने थलोका रुपमा लिइएको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लक छन् । प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको अटो शोमा सहभागिता छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार