स्वयम्भूमा नक्कली नोटको कारोबार गरिरहेका थापा पक्राउ

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित गोरखाको गोरखा नगरपालिका(३ धारापानी घर भइ काठमाण्डौ नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको हो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई स्वयम्भूमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए । थापाको साथबाट एक लाख (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएको उनले बताए ।

उनका अनुसार पक्राउ परेका थापालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार