वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा 

काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले आज बिदा दिने निर्णय गरेको हो । शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । 

रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार