समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा गर्ने

 समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको छ ।

आज बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय (आलोकनगर) मा  बसेको मोर्चाको बैठकले आगामी भदौ ८ देखि प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको हो।

बैठकले ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बताए ।

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्। उनीहरूले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार