प्रधानमन्त्री प्रचण्ड चितवनमा, दुई दिनसम्म बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन् ।

शुक्रबार चितवन आइपुगेका प्रधानमन्त्री प्रचण्ड यहाँ दुई दिन बस्ने प्रधानमन्त्रीकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिएकी छन् ।

शुक्रबार साँझसम्म प्रधानमन्त्री प्रचण्डको पारिवारिक भेटघाटबाहेक अन्य कार्यक्रम तय भएको छैन ।

शनिबार पनि उनी भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नेछन् । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक चितवन आएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार